एपिएफलाई उपाधि, बेस्ट प्लेयर उषालाई स्कुटर

apf volleyball titleकाठमाडौं, १९ चैत । सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधि आयोजक सशस्त्रको एपिएफ क्लबले जितेको छ । शुक्रबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले उपाधि जितेको हो । हलचोकस्थित एपिएफ क्लबको कोर्टमा भएको फाइनलमा एपिएफले पुलिसलाई २५–८, २५–२३ र २५–२० ले पराजित ग¥यो । पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ । उपाधिसँगै एपिएफले नगद २ लाख ५० हजार प्राप्त ग¥यो 

उपविजेता नेपाल पुलिस क्लबले १ लाख २५ हजार तथा तेस्रो भएको पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले ५० हजार प्राप्त ग¥यो । प्रतियोगितामा एपिएफकी उषाकुमारी विष्ट उत्कृष्ट खेलाडी चुनिइन् । उनले १ थान स्कुटर प्राप्त गरिन् । सो समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती शीला राईले विष्टलाई स्कुटरको चाबी हस्तान्तरण गरिन् । 

त्यस्तै व्यक्तिगत विधामा बेस्ट स्पाइकर पुलिस क्लबकी कोपिला उप्रेती, डिफेन्डरमा पुलिसकी शान्ति तामाङ, सर्भरमा एपिएफकी नाबिता चौधरी, ब्लकर एपिएफकी सरस्वती चौधरी, शेटर पश्चिमाञ्चलका शशी चौधरी र बेस्ट प्रशिक्षक एपिएफका सुदेश रिमाल घोषित भए । व्यक्तिगत विधामा उत्कृष्ट हुनेले समान नगद ५–५ हजार प्राप्त गरे । यस्तै नव प्रतिभावान खेलाडी बनेकी एपिएफकी निशाना बललाले १० हजार प्राप्त गरिन् । उनलाई धौलागिरी थापा आवास कम्पनी प्रालीका सञ्चालक कृष्ण थापाले नगद हस्तान्तरण गरेका थिए ।

विजयी खेलाडीहरूलाई कायममुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई, नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङलगायतले पुरस्कृत गरेका थिए । राउन्ड रोविनको आधारमा सञ्चालन भएको प्रतियोगितामा शीर्ष २ टोली फाइनलमा भिडेका थिए । समापन समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू कृष्णकुमार तामाङ, सिंहबहादुर श्रेष्ठ, प्रेमकुमार शाही र प्रकाश ओझा, नेपाल प्रहरीका नायवमहानिरीक्षक मधु पुडासैनी, अवकाश प्राप्त सशस्त्र प्रहरी नायवमहानिरीक्षक महेन्द्रकुमार भट्टाचनलगायतले पुरस्कार प्रदान गरेका थिए ।

यस्तै नेपाल भलिबल संघका अध्यक्ष दानबहादुर तामाङलाई खेल सफल बनाउन योगदान पु¥याएवापत सम्झनाको चिनो, राष्ट्रिय रेफ्री विजयकुमार केसी, धीरज कुँवर, विकास गुरुङ, कपिल जिसी र विजयकृष्ण बादेलाई समेत मायाको चिनो प्रदान गरिएको छ । सो अवसरमा महानिरीक्षक राईले सुरक्षा निकायले समेत यसप्रकारको प्रतियोगिता गर्दैै राष्ट्रिय खेलकुदमा योगदान पु¥याएको बताए । भलिबलको अन्तर्राष्ट्रिय खेलाडीसमेत रहेका उनले आफ्नो खेल जीवनको स्मरण गर्दै अत्यन्त कठिन अवस्थामा पनि आफूले खेललाई निरन्तरता दिएको चर्चा गर्दै सम्पूर्ण खेलाडीहरूले उच्च मनोबलका साथ खेलक्षेत्रमा कृयाशील रहनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले भलिबल प्रतियोगिता पुरस्कारमा मात्र सीमित नरही व्यक्ति संस्था र मुलुकै प्रतिष्ठाको विषय बनेको बताए । यसअघि चैत १५ गतेदेखि १९ गतेसम्म सञ्चालित प्रतियोगितामा नेपाल एपिएफ क्लबसहित नेपाल पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टर र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको टिम गरी कूल ५ टिमको सहभागिता रहेको थियो । सशस्त्र प्रहरी बलले तेस्रोपटक सञ्चालन गरेको उक्त भलिबल प्रतियोगिताको कुल पुरस्कार राशि ४ लाख ५५ हजार रूपैयाँ, मेडल तथा ट्रफी रहेको थियो ।

प्रतिक्रिया