कोहलीको महानायक र महान ब्याट्सम्यानद्वारा तारिफ

virat-kohli-76655-kiss-after-100 (1) copy
मुम्बई । भारतीय उप–कप्तान विराट कोहलीले भारतमा जारी टि–२० विश्वकपमा अस्ट्रेलियासँगको महत्वपूर्ण खेलमा उत्कृष्ट ब्याटिङ गर्दै जित दर्ता गराएपछि समाजिक सञ्जालमा उनको तारिफ गरिएको छ । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बलिउड अभिनेता अमिताभ बच्चन, पूर्वक्रिकेटर सचिन तेन्दुलकर र वेस्ट इन्डिजका महान ब्याट्सम्यान ब्रायन लारालेसमेत तारिफ गरेका छन् ।

नाजुक अवस्थामा ४ विकेट गुमाइसकेको अवस्थाबाट ब्याटिङ गर्दै कोहलीको ५१ बलमा अविजित ८२ रन बनाउँदा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लेखेका छन् ‘क्या खेल थियो । भारतीय टिममाथि मलाई गर्व छ ।’ बलिउड स्टार अमिताभ बच्चनले ट्वीटरमा लेखेका छन्, ‘विराट तपाईं आज राती निकै उत्कृष्ट रहनुभयो । तपाईं जिनियस हुनुहुन्छ ।’

एक क्रिकेटसमर्थक नीतिश नाम गरेका ट्वीटर प्रयोगकर्ताले लेखेका छन् ‘गड अफ क्रिकेट आए मैदानमा ।’ पूर्वक्रिकेटर सचिवन तेन्दुलकरले ट्वीट गरेका छन्, ‘निकै राम्रो विराट कोहली । निकै महत्वपूर्ण जित थियो यो ।’ अस्ट्रेलियाका महान बलर शेन वार्नले सचिनको यो ट्वीटलाई रिट्वीट गरेका छन् । उनले लेखेका छन् ‘कोहलीको उत्कृष्ट पारी ।’ उनलाई देखेर सचिनको याद आएको वार्नले बताएका छन् । वेस्ट इन्डिजका महान ब्याट्सम्यान ब्रायन लाराले कोहलीबारे ट्वीट गरेका छन् ‘उनी अविश्वशनीय खेलाडी हुन् । योभन्दा धेरै केही बोल्नु आवश्यक नै छैन ।’ (एजेन्सी)

प्रतिक्रिया