टुर दि बारपाक हुने

tour de barpak copyकाठमाडौं, १५ चैत । रूपीनाला युवा समाज नेपालको आयोजनामा ‘टुर दि बारपाक’ क्रस कन्ट्री माउन्टेन वाइक साइक्लिङ हुने भएको छ । गत वैशाख १२ को विनाशकारी भूकम्पको केन्द्रविन्दु भएको स्थान बारपाकको भूकम्पपीडितको सहयोगार्थ ‘टुर दि बारपाक’ हुने आयोजकले पत्रकार सम्मेलनबाट जानकारी गराए ।

२ चरणमा विभाजित साइक्लिङको समुह ‘ए’ वैशाख १० गते काठमाडौंबाट गोरखा जानेछन् । त्यसपछि समूह ‘बी’को टोलीसँग मिसिएर ११ गते गोरखाबाट भूकम्प केन्द्रविन्दु बारपाक प्रस्थान गर्नेछ । ‘टुर दि बारपाक’ साइक्लिङमा करिब २ सय जनाको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा नेपालसहित अमेरिका, भारत, थाइल्यान्ड, बंगलादेश, इटाली, इंग्ल्यान्ड, अस्ट्रेलियालगायत देशका राइडरहरूको सहभागिता रहनेछ । हामी पिडामा छौँ, तर हारेका छैनौँ । हाम्रो केही गुमेको छ, तर हामी आफैँ नयाँ निर्माण गर्नेछौँ भन्ने सन्देश हामी भूकम्पको केन्द्रविन्दू बारपाकबाट सम्पूर्ण विश्वलाई दिन चाहन्छौँ आयोजक रूपीनाला युवा समाज नेपालका अध्यक्ष तुलाराम घलेले जनाए ।

उनले यो अभियानका लागि करिब ३० लाख लागत लाग्ने बताए । अध्यक्ष घलेका अनुसार साइक्लिङको माध्यमबाट भूकम्पपीडितको लागि फन्ड उठाउने र बारपाक पुनर्निर्माणका लागि सहयोग गर्ने जानकारी गराए । विश्वकै उत्कृष्ट राइडरहरू समेतलाई भूकम्पको केन्द्रविन्दूूमा लगेर नेपालको पर्यटन प्रवद्र्धन गर्न उद्देश्य समेत रहेको प्रचार संयोजक पासाङ शेर्पाले जनाइन् ।

प्रतिक्रिया