उपाधि जसले जिते पनि जित क्रिकेटको : कप्तानद्वय

dhangadi cricket legueधनगढी, १२ चैत । सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग–थ्रीअन्तर्गत शुक्रबार भएको फाइनल खेल अघिको साक्षात्कारमा फाइनलमा भिड्ने सिवासी अत्तरिया र टिम चौराहाले उपाधि जसले जिते पनि क्रिकेटको जित हुने प्रतिक्रिया दिएका छन् । अञ्चल प्रहरी कार्यालयको मैदानमा पत्रकारहरूसँगको साक्षात्कारमा दुवै टीमका सञ्चालक तथा टिम कप्तानहरूले नेपाली क्रिकेटमा पहिलोपटक अक्सनमा आधारित रही गरिएको प्रतियोगितामा आफूहरूको टोली फाइनलमा पुगेकोमा खुसी व्यक्त गर्दै उपाधि जिते पनि आफूहरू खुसी हुने बताए ।

खेलमा जित हार हुन्छ नै फाइनलिस्ट टिम चौराहाका सञ्चालक राजकुमार श्रेष्ठले भने उपाधि रक्षाका लागि हामी तयार छौँ । हाम्रा खेलाडीहरू राम्रा लयमा छन्, त्यसैले पनि हामीलाई केही विश्वास बढेको छ, उनले भने । त्यस्तै अर्को फाइनलिस्ट टिम सिवाइसी अत्तरियाका सञ्चालक नरबहादुर राईले टिमले फाइनलसम्मको यात्रा तय गरेकोमा खुसी व्यक्त गर्दैै आफूहरू इतिहास रच्न तयारी अवस्थामा रहेको जनाए ।

खेलमा जित हार सामान्य हो तैपनि नेपाली क्रिकेटमा यो प्रतियोगिता विशेष भएकाले यसको उपाधिका लागि हामी संघर्षरत छौँ उनले भने । दुवै टिमका कप्तानहरूले पनि आफ्ना खेलाडीहरू फाइनल खेल्न आतुर रहेको बताएका छन् । टिम सिवाइसी अत्तरियाका उपकप्तान सुरेन्द्र चन्द बादशाहले आफूहरू टिम चौराहालाई ६ को रनरेटभित्र रोक्न संघर्षरत हुनेछौँ, त्यतिमा रोक्नसके हामी खेलमा हाबी हुने अनुमान हाम्रो छ । त्यस्तै टिम चौराहाका कप्तान सोनु तामाङले १ सय रनको हाराहारीमा रोक्नसके आपूmहरू खेलमा हाबी हुने दाबी गरे ।

प्रतिक्रिया