तेक्वान्दोको ब्लाक बेल्ट तेस्रो डानको ग्रेडिङ सम्पन्न

taekwondo gradingकाठमाडौं । नेपाल तेक्वान्दो सघंको वार्षिक कार्यक्रम अनुसार ब्लाक बेल्ट दोस्रो डानको ग्रेडिङ सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रगंशालाको केन्द्रिय तेक्वान्दो डोजाङमा ब्लाक बेल्ट दोस्रोदेखि तेस्रो डानको गे्रडिङ गरिएको थियो । तेस्रो डानमा बढोन्नति भएका खेलाडीलाई नेपाल तेक्वान्दो संघका गे्रडिङ संयोजक नोर्बु लामा र संघका केन्दीय सदस्य सुमन घलेले ग्रेडिङ प्रदान गरेका थिए ।

ग्रेडिङ प्रदान गरिएको खेलाडीलाई २ दिनसम्म दीलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङका प्रशिक्षक राजेन्द्र खत्रीले प्रशिक्षण गराएका थिए । ३०औँ ब्याजका डोस्रो डानका ३६ खेलाडी सहभागी ग्रेडिङमा सबै उत्तीर्ण हँुदै २८औँ ब्याज तेस्रो डान प्राप्त गरे । त्यस्तै बुधबारदेखि नै तेस्रो डानदेखि चौथो डानको ग्रेडिङका लागि प्रशिक्षण सुरु भएको छ । उनीहरूलाई ग्रेडिङ संयोजक नोर्बु लामा र सुमन घलले प्रशिक्षण गराएका छन् । (सौस)

प्रतिक्रिया