शीर्ष ४ टोली दोस्रो चरणमा

धनगढी, ७ चैत । सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग– थ्रीका शीर्ष ४ टोलीहरू लिग चरणबाट दोस्रो चरणमा प्रवेश गर्ने पक्का भएका छन् । क्याम्पस रोड १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । ९ अंक जोडेको सिवाइसी अत्तरिया दोस्रो, हसनपुर रोयल्र्स ८ अंक साथ तेस्रो र ७ अंक जोडेको चौराहा चौथो स्थानमा रहँदै दोस्रो चरणमा पुग्ने पक्का भएको हो । अंक तालिकाको पुछारमा रहेको सन्तोषी टोलले सोमबार आफ्नो अन्तिम खेल खेल्ने भए पनि त्यसले समीकरणलाई खासै फरक पर्ने देखिन्न ।

आइतबार भएको २ खेलमा क्याम्पसरोड र अत्तरियाले आआफ्नो खेलमा जित हात पारेको छ । पहिलो खेलमा क्याम्पसरोडले टिम हसनपुर रोयल्र्सलाई ४ विकेटले पराजित ग¥यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हसनपुर रोयल्र्सले १६ दशमलव ४ ओभरमा आफ्ना सबै विकेट गुमाएर ६८ रन मात्र बनाउन सक्यो । हसनपुरका लागि भिम सार्कीले १६ र प्रकाश थापाले १२ जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङमा क्याम्पसरोडका चन्द्र सावद र शिवराज ऐरले समान २–२ विकेट हात पारे । सागर भण्डारी र ललित सिंह भण्डारीले समान १–१ विकेट लिए । जवाफी ब्याटिङमा क्याम्पसरोडले १६ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटायो । क्याम्पसरोडका लागि सन्तोष भट्टले २७ तथा रोमन बमले ११ रनको इनिङ खेले ।

हसनपुर रोयल्र्सका लागि विनोद लामाले ४ तथा वसन्त सिंह कार्कीले १ विकेट पाए । म्यान अफ द म्याच क्याम्पसरोडका सन्तोष भट्टलाई होटल व्यवसायी संघ कैलालीका महासचिव कलम बमले नगद ५ हजारसहित पुरस्कृत गरे ।

त्यस्तै दोस्रो खेलमा सिवाइसी अत्तरियाले चौराहालाई ३ विकेटको जित हात पारेको छ । टस हारेर पहिले ब्याटिङमा उत्रेको चौराहाले २० ओभरमा ७ विकेट गुमाएर १ सय १९ रन बनायो । विपिन रावलले २३, तथा दिपेन्द्र थापाले १९ रनको पारी खेले । अन्य ब्याट्सम्यानको प्रदर्शन सम्झन लायक नहुँदा चौराहाले पराजय भोग्नुप¥यो । अत्तरियाका ज्ञानेन्द्र कँुवरले ३ तथा विनोद भण्डारीले २ विकेट लिए ।

सिवाइसी अत्तरियाले १९ दशमलव ६ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेटायो । सिवाइसी अत्तरियाका लागि मेहबुब आलमले ४३ तथा ज्ञानेन्द्र कुँवरले २६ रनको पारी खेले । त्यस्तै प्रेम तामाङले १४ र सुरेन्द्र चन्दले १२ रनको पारी खेल्दै अभिजित रहे । चौराहाका अमन पन्थीले ३ तथा सोनु तामाङ, किरणकुमार ठगुन्ना र योगेन्द्रसिंह कार्कीले समान १ विकेट लिए । खेलका म्यान अफ द म्याच सिवाइसी अत्तरियाका ज्ञानेन्द्र कुँवरलाई होटल डिभोटीका प्रबन्धनिर्देशक कृष्णबहादुर महराले ५ हजार नगदसहित पुरुष्कृत गरे । प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा सोमबार सन्तोषी टोल र क्याम्पसरोड मैदानमा उत्रदै छन् ।

प्रतिक्रिया