गोजुरियोमा सिपी निर्वाचित

काठमाडौं । नेपाल गोजुरियो कराते डो संघको चौथो साधारणसभाबाट चन्द्रप्रकाश (सिपी) घर्ती मगर निर्वाचित भएका छन् । उनले गणेश कार्कीलाई पराजित गरे । सिपीले ३७ तथा गणेशले २६ मत ल्याए ।

महासचिव र कोषाध्यक्षबाहेक सबै पदमा निर्वाचन भएको थियो । २ उपाध्यक्षका लागि ४ ले उम्मेदवारी दिएकोमा भरत अधिकारी र ओम्पु लामा विजयी भए । भरतले ३० र ओम्पुले २९ मत प्राप्त गरे । पराजितद्वय आरसी सुवेदी र पेम्बा तामाङले समान २८–२८ मत पाएका थिए ।

महासचिवमा बिआर मित्र र कोषाध्यक्षमा सानुकाजी नगरकोटी सर्वसम्मत चयन भए । सचिवमा ३१ मत ल्याएका सानुबाबु गिरीले जित हात पारे । उनका प्रतिद्वन्द्वी प्रकाशकुमार चन्दले २८ मत प्राप्त गरे । (सौस)

प्रतिक्रिया