आयोजक बर्नहार्टलाई टिम इभेन्टको उपाधि

bernheart table tennis copyकाठमाडौं, ६ चैत । आयोजक कलेजले चौथो बर्नहार्ट कप अन्तरकलेज टेबल टेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टको उपाधि शनिबार जितेको छ । फाइनल खेलमा बर्नहार्टले सामाजिक कलेजलाई ३–२ को सेटमा स्तब्ध बनायो । महिला एकलको फाइनलमा निष्ट कलेजकी सुस्मिता सापकोटाले आफ्नै कलेजकी सृष्टि कुवँरलाई ११–९, ११–३ र ११–२ ले पराजित गरिन् ।

पुरुष एकलको फाइनल खेलमा डियर वाक कलेजका अनिष ढकालले ट्रिनिटीका सुवर्ष थापामाथि ८–११, १५–१३, ८–११, १३–११ र ११–६ को रोमाञ्चक जित निकाले । पुरुष डबलमा बर्नहार्टका रोहित महर्जन र सुशील महर्जनको जोडीले ट्रिनिटीका सुवर्ष थापा र मौसम श्रेष्ठको जोडीलाई ८–११, ११–८, १७–१५ र ११–२ ले हराउँदै स्वर्ण जिते ।

प्रतिक्रिया