किन बग्छ नदी आफै

pratha copyकिन बग्छ नदी आफै
संघर्षको गति हो कि
सागर भेट्ने लक्ष्य बोकी
जीवनयात्रा हिँड्दै छ कि ?

समरको यो बाटो छेकी नछेकिँदो पो रहिछ
पानीको यो बेग रोकी नरोकिँदो पो रहिछ ।।

किन बग्छ नदी आपैmँ … ।

कुन तिर्सनाले गाउँछ चरी
यो काफल पाक्यो गीत
निम्ठो होइन झुसी माया
गाँसी दिउँ कि उसैसित ।

सिर्जनाका हिरामोति फल्ने माटो चाहिएको छ
आफ्नो गीत आपैmँ गाउने देश चाहिएको छ ।।
कुन तिर्सनाले गाउँछ चरी … ।

किन फुल्छ गुराँस रातै
क्रान्तीको यो रङ हो कि ?
हाँसीहाँसी बली चढ्ने
सपुतसँग साइनो छ कि ?

देशका निम्ति मर्नेहरू कहाँ मर्दारहेछन् र
सुके पनि फूलको रङ कहाँ उड्दोरहेछ र ??
किन फुल्छ गुराँस रातै … ।

प्रतिक्रिया