राष्ट्रपति रनिङ सिल्डमा विजेता काभ्यका उसु खेलाडी सम्मानित

kavya schoolकाठमाडौं । काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत उसुतर्फको विजेता काभ्य स्कुलका खेलाडीलाई मंगलबार सम्मान गरको छ । गत शनिबार त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डमा काभ्यले उपाधि जितेको थियो । उक्त राष्ट्रपति रनिङ सिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि विजेता खेलाडी तथा उसुका प्रशिक्षक विशाल सिन्जाली मगरलाई काभ्य स्कुलले मंगलबार सम्मान गरेको हो ।

काभ्य स्कुलका प्रिन्सिपल नवराज बास्कोटाले सम्मान गरे । सम्मान कार्यक्रममा प्रिन्सिपल बास्कोटाले विद्यार्थीहरूले प्राप्त गरेको सफलतामा बधाई दिँदै अझ धेरै मिहिनेतका साथ अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई उसुकोमार्फत चिनाउन शुभकामना दिए । त्यस्तै सोही अवसरमा भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद(साग) मा पदक विजेता विजयी शिन्जाली मगरलाई सम्मान गरिएको विद्यालयका खेलकुद इन्चार्ज एवं पूर्वराष्ट्रिय फुटबल खेलाडी प्रज्ज्वल प्रताप क्षत्रीले बताए । पूर्वफुटबलर क्षत्रीले राष्ट्रका लागि खेल क्षेत्रमार्फत योगदान पु¥याएका खेलाडीलाई हरेक क्षेत्रबाट उचित वातावरण सिर्जना भए मात्र खेलकुदको विकास सम्भव भएको धारणा राखे । (सौस)

प्रतिक्रिया