आठौँ राष्ट्रपति रनिङ सिल्ड : विजेश्वरीलाई टिम च्याम्पियन उपाधि

rastra pati running shild Team Champion Bijesworiकाठमाडौं, ३० फागुन । विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय आठौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा टिम च्याम्पियन भएको छ । विजेश्वरीले कुल १ सय ३६ अंक हात पार्दै उपाधि उचालेको हो । उसले रनिङ सिल्डका साथै नगद १५ हजारसमेत प्राप्त ग¥यो ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा दोस्रो स्थान बुढानीलकण्ठ स्कुलले हात पा¥यो । उसले १ सय २३ अंक हासिल ग¥यो । त्यस्तै तेस्रो स्थानमा रहेको सेक्रेट हार्ट स्कुलले ८४ अंक हासिल ग¥यो । दोस्रो र तेस्रोले सिल्डका साथै नगद १२ र ९ हजार प्राप्त गरे । प्रतियोगितामा एथलेटिक्सतर्फ १ सय २६ अंकका साथ विजेश्वरी उत्कृष्ट टिम भयो । दोस्रो स्थानमा १ सय ९ अंकका साथ बुढानीलकण्ठ र तेस्रो स्थानमा ७० अंकका साथ नेपाल एपिएफ रह्यो ।

भलिबलमा छात्रतर्फ सेक्रेट हार्ट र छात्रातर्फ न्युडायमन्डले प्रथम स्थान हात पारेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लीलाराम बस्नेतले जानकारी गराए । यस्तै करातेतर्फ कुमारी बोर्डिङ हाइस्कुल टिम च्याम्पियन भयो ।

विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पा र काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेलगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया