वर्षाले घर पठायो नेदरल्यान्ड र आयरल्यान्डलाई

during the ICC World Twenty20 India 2016 match between Bangladesh and Ireland at the HPCA Stadium on March 11, 2016 in Dharamsala, India.

एजेन्सी

धर्मशाला । भारतमा जारी टी–२० विश्वकपबाट नेदरल्यान्ड र आयरल्यान्ड बाहिरिएको छ । शुक्रबार धर्मशालमा ओमानसँग हुने भनिएको खेल वर्षाका कारण रद्द भएपछि नेदरल्यान्ड्स तथा बंगलादेशसँगको खेल वर्षाले प्रभावित भएपछि आयरल्यान्ड बाहिरिएको थियो ।

पहिलो चरणको समूह ‘ए’ अन्तर्गत १२ ओभरमा छोट्याइएको खेलमा बंगलादेशले पहिले ब्याटिङ गरेको थियो । तर, ८ ओभरमा २ विकेट गुमाएर ९४ रन बनाउँदा खेल वर्षाका कारण खेल प्रभावित भयो । लगातारको वर्षाले खेल रद्द भयो । पहिलो खेलमा ओमानसँग २ विकेटले पराजित भएको आयरल्यान्डले समूहको अन्तिम खेलमा आइतबार नेदरल्यान्डसँग खेल्नेछ । शुक्रबार बेलुका धर्मशालामा ओमानसँग हुने भनिएको खेल वर्षाका कारण एक बल पनि नखेली रद्द भएको थियो । नेदरल्यान्ड पहिलो खेलमा बंगलादेशसँग ८ रनले पराजित भएको थियो । पहिलो चरणमा गतवर्ष छनोट भएका स्कटल्यान्ड, आइरल्यान्ड, हङकङ, नेदरल्यान्ड, अफगानिस्तान र ओमन तथा आइसिसीका २ पूर्णसदस्य बंगलादेश र जिम्बाबेले खेल्दै छन् ।

२ समूहमा विभाजन गरिएका यी टोली मध्ये समूहको शीर्ष स्थानमा रहने २ टिम दोस्रो चरणअर्थात सुपर टेनमा प्रवेश गर्नेछन् । पहिलो चरणको समूह ‘ए’ मा बंगलादेश, नेदरल्यान्ड, आइरल्यान्ड र ओमन तथा समूह ‘बी’ मा जिम्बाबे, स्कटल्यान्ड, हङकङ र अफगानिस्तान छन् । समूह ‘ए’ का आइरल्यान्ड र नेरदल्यान्ड प्रतियोगिताबाट बाहिरिएकाले अब सुपर टेनमा पुग्ने सम्भावना बंगलादेश र ओमानको मात्रै छ । अफगानिस्तान र जिम्बाबेको अघिल्लो चरण पुग्ने संभावना कायम छ । स्कटल्यान्ड र हङकङको अघिल्लो चरण पुग्ने संभावना सकिएको छ ।

प्रतिक्रिया