चारस्वर्णसहित तेक्वान्दो टोली स्वदेश फिर्ता

Taekwondo Winner Team copyकाठमाडौं, २१ फागुन । हङकङस्थित टप माउन्टेन तेक्वान्दो एसोसियसनको सातौँ वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा ४ स्वर्ण र १ रजत पदकसहित टिम च्याम्पियन बन्दै नेपाली तेक्वान्दो टोली शुक्रबार स्वदेश फिर्ता भएको छ ।

प्रतियोगितामा सीतापाइला डोजाङका प्रशिक्षकसमेत रहेका बब्लु सिवाकोटी ओभरल उत्कृष्ट खेलाडी चुनिए ।

१६ र १७ फागुनमा आयोजित प्रतियोगितामा बब्लु सिवाकोटी र किरण श्रेष्ठले सिनियर ब्लाक बेल्ट पुम्सेमा स्वर्ण पदक जितेका थिए । सिवाकोटी भने सबैभन्दा सिनियर ४ डान माथि खेलका थिए ।

यस्तै, जुनियर विधामा राजन भण्डारी र मेलिषा खड्गीले स्वर्ण जितेको बब्लु सिवाकोटीले बताए । सिनियर ब्लाक बेल्टमा गोपाल भण्डारीले रजत पदक प्राप्त गरे । भण्डारी इन्डोनेसियाका खेलाडीसँग फाइनल राउन्डमा पराजित भएका थिए । बब्लु सिवाकोटी सो प्रतियोगिताका उत्कृष्ट खेलाडीसमेत घोषित भएको प्रशिक्षक खड्गीले बताए ।

प्रतिक्रिया