भद्रकाली कप अन्तर विद्यालय बास्केटबल जारी

bhadrakali basketball vally public copyकाठमाडौं । भ्यालीपब्लिक स्कुलको गल्र्सका दुवै टिम भद्रकाली कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको सिनियर गल्र्सको खेलमा भ्यालीको ए टिमले बाबालाई २५–८ को फराकिलो अन्तरले हरायो । भ्यालीको जितमा रोशनी श्रेष्ठ र प्रतिक्षा मगरले समान ७ स्कोरको योगदान गरे । अर्को खेलमा ममता गुरुङको उत्कृष्ट १५ स्कोरको मद्दतमा इनोभेस्टभले भ्यालीको बी टिममाथी भने १८–१७ को रोमाञ्चक जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ । पराजयपश्चात् भ्याली बी पनि सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा भ्यालीका ए र बी बीच प्रतिस्पर्धा हुनेछ भने इनोभेटिभले एचएचसीएको सावाना गर्ने प्राविधिक संयोजक पूर्ण न्यौपानेले जनाएका छन् । (सौस)

प्रतिक्रिया