सञ्जय र दीपक सेमिफाइनलमा

काठमाडौं । काठमाडौंका सञ्जय मुल्मी र दीपक मगर अखिल नेपाल खुला स्नुकर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
क्वाटरफाइनलमा सञ्जयले ललितपुरका दीपज्वल ढुंगानालाई र दीपकले विराटनगरका अमन कार्कीलाई समान ४–१ फ्रेमले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।

न्यू दरबार स्क्वायर स्नुकर क्लबको आयोजनामा भएको प्रतियोतिामा राजन लामाले सोम लामालाई ४–० फ्रेमले र विकास श्रेष्ठले विकेश गुरुङलाई ४–०ले फ्रेमले नै पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।
सेमिफाइलनमा सञ्जयले विकाससँग र राजनले दीपक मगरसँग फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक दीपु शाक्यले जनाएका छन् । (सौस)

प्रतिक्रिया