खेलकुद मन्त्री र अस्ट्रेलियन राजदूतबीच भेट

sports minister n ambesdor vet ghat copyकाठमाडौं, १७ फागुन । युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल र अस्ट्रेलियन राजदूत ग्लेन ह्वाइटबीच राष्ट्रिय खेलकुद परिषद्मा सोमबार भेटवार्ता भएको छ ।

अन्तराष्ट्रिय ब्याडमिन्टन महासंघको आयोजनामा विश्वभर आयोजना हुने कार्यक्रम ‘सटल टाइम’को उद्घाटनका क्रममा राखेप आएका मन्त्री र राजदूतबीच २ देशबीचको आपसी सम्बन्ध, खेलकुद विकास र अन्य सम्बन्धका बारेमा विचार विमर्श भएको थियो । सो अवसरमा मन्त्री मण्डलले यस्ता कार्यक्रमले कलिला बालबालिकालाई खेलकुदमा आकर्षित गर्नेमा आपूm विश्वस्त भएको भन्दै अस्ट्रेलियाले खेलकुद क्षेत्रलगायत अन्य क्षेत्रमा नेपाललाई गरेको सहयोगको सराहना गर्नुका साथै यस्ता कार्यले खेलकुद विकास मात्र नभई राज्यको सम्बन्ध विकास गर्ने एक महत्वपूर्ण कढी भएको बताए । उनले खेलकुद क्रियाकलाप खेलकुदको विकास मात्र नभई २ देशबीच सांस्कृतिक र रहनसहनको आदानप्रदान गर्ने माध्यमसमेत रहेको बताए ।

राजदूत ह्वाइटले खेलकुदको माध्यमले विश्वमा शान्ति र स्वास्थ्यमा विकास गर्न पहल पुग्ने भन्दै २० हजार बालबालिकालाई प्रारम्भिक स्तरबाट ब्याडमिन्टनमा लगाई यसको विकास गर्ने उद्देश्य रहेको बताए । उनले अस्ट्रेलियामा ब्याडमिन्टन मात्र नभई नेटबल पनि उत्तिकै लोकप्रिय भएकोले नेपालमा पनि यस खेलको विकासमा पहल गर्ने बताए । यस्ता खेलकुद गतिविधिले विश्वमा भाइचाराको सम्बन्ध विकास गर्न मद्धत पुग्नेमा आपूm विश्वस्त रहेकोसमेत ह्वाइटले जनाए ।

प्रतिक्रिया