पुलिस क्लबलाई विराट गोल्डकप

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा झापा–११ लाई १–० ले पराजित गर्दै पुलिस च्याम्पियन बन्यो ।

पुलिलको जितमा भरत शाहले निर्णाय गोल गरे । उनले दोस्रो हाफको ८७औँ मिनेटमा गोल गरे । अतिरिक्त खेलाडीको रूपमा मैदान छिरेका शाहले निर्णायक गोल गरे । यसअघि दुबै टिमले गोल गर्ने केही अवसर खेरफालेका थिए ।

साविक विजेता झापाले सेमिफाइनलमा सशस्त्र प्रहरीलाई तथा पुलिसले मोरङ फुटबल क्लबलाई हराउँदै फाइनलमा ठाउँ बनाएका थिए । बंगलादेशको एक टिम अन्तिम समयमा नआउने घोषणा गरेपछि आयोजकले पुलिसलाई समावेश गरेको थियो ।उपाधिसँगै पुलिसले ५ लाख जित्दा उपविजेता झापाले ३ लाख रुपैयाँमै चित्त बुझाएको छ । (सौस)

प्रतिक्रिया