तेक्वान्दो टोली हङकङ जाने

Taekwondo hongkong copyकाठमाडौं । हङकङमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा सहभागी हुन ५ सदस्यीय नेपाली तेक्वान्दो टोली शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । तेक्वान्दो प्रशिक्षक मनोज खड्गीको नेतृत्वमा टोली त्यसतर्फ प्रस्थान गर्नेछन् ।

शुक्रबार एक समारोहबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले टोलीलाई शुभकामना प्रदान गर्दै बिदाई गरे । टप माउन्टेन तेक्वान्दो एकेडेमीको सातौँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गर्न लागिएको प्रतियोगितामा सिनियर ब्लाक बेल्टतर्फ बब्लु सिवाकोटी र किरण श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । सिवाकोटी प्रशिक्षकसमेत हुन् । सीतापाइला डोजाङका प्रशिक्षकसमेत रहेका सिवाकोटी टोलीको अनुभवी खेलाडीसमेत हुन् । बिदाईको अवसरमा सिवाकोटीले भने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशका लागि पदक दिलाउँछौँ । त्यस्त,ै जुनियर ब्लाकबेल्टतर्फ राजन भण्डारीले र जुनियर बेल्ट पुम्सेमा मेलिसा खड्गीले प्रतिस्पर्धा गर्नेछन् । फेब्रुअरी २८ र २९ मा आयोजना हुने प्रतियोगितामा चीन, नेपाल, भारत र पाकिस्तानलगायत एसियाको १२ देशको सहभागिता रहनेछ । (सौस)

प्रतिक्रिया