टेबलटेनिसले विश्व च्याम्पियनमा प्रतिस्पर्धा गर्ने

TT Team world championship1 copyकाठमाडौं । मित्रराष्ट्र मलेसियाको क्वालालम्पुरमा आयोजना हुने विश्व टिम टेबल टेनिस च्याम्पियनसिपमा नेपाली महिला टोलीले प्रतिस्पर्धा गर्ने भएको छ ।
शुक्रबार एक समारोहबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले ४ सदस्यीय टोलीलाई राखेपमा बिदाई गरे ।

टोलीमा नेपाल नम्बर एक नविता श्रेष्ठ, एलिना महर्जन र रविना महर्जनले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै टोलीनेतामा अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष परमवीर शमशेर राणा रहेका छन् ।

२८ फेब्रुअरीदेखि ६ मार्चसम्म आयोजना हुने प्रतियोगितामा टिम इभेन्ट्समा प्रतिस्पर्धा गर्नेछन् । नेपाली महिला टिमले विश्व ¥याङकिङमा आफ्नो स्थानलाई माथि उकास्नुका साथै उक्त प्रतियोगिताको लागि छनोट हुन सफल भएका कारण प्रतियोगितामा सहभागिता जनाउन लागेको संघका अध्यक्ष चतुरानन्द राजवैद्यले जानकारी गराए । (सौस)

प्रतिक्रिया