हलअफ फेममा अध्यक्ष शर्मा

काठमाडौंं । तेक्वान्दोका चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक एवं वल्र्ड मार्सल आर्टस् हल अफ फेमका संस्थापक अध्यक्ष एवं कार्यकारी निर्देशक मास्टर दिनेश शर्मा सर्टिफिकेट अफ अनरले सम्मानित भएका छन् ।

नेपालमा मार्सल आर्टस् एवं तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेकोले मास्टर शर्मालाई नेपाल क्याकुसिन सेइसिन काइकान कराते संघले प्रथम राष्ट्रिय महिला तथा पुरुष तौल समूह कराते प्रतियोगिताको अवसरमा विशेष सम्मान गरेको हो ।

कलिलै उमेरमा आधा दर्जनभन्दा बढी राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगीताहरूमा, टुर्नामेन्ट निर्देशक, संयोजक, कोच, जुरी र रेफ्रीको भूमिका निर्वाह गरिसकेका शर्माले दर्जनौँ राष्ट्रिय एवं अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गरिसकेका छन् ।

२०१५ मा अमेरिकामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट रेफ्री हुन सफल मास्टर शर्मा त्यही साल अमेरिका मै एक्स्ट्रा अर्डिनरी एचिभमेन्टस् इन द मार्सल आर्टस् अवार्डद्वारा सम्मानित भइसकेका छन् ।

शर्मा अन्तर्राष्ट्रिय चाङ होन तेक्वान्दो महासंघ नेपालका प्राविधिक निर्देशक एवं नेपालको चर्चित तेक्वान्दो क्लब साङरोक नेपाल तेक्वान्दो एकेडेमीका मास्टर इन्स्ट्रक्टर समेत हुन् ।

प्रतिक्रिया