लोयल्टी कप शनिबारबाट

काठमाडौं, माघ २९ । सातौँ उपत्यकाव्याी अन्तर स्कुल स्तरीय जुनियर फुटबल प्रतियोगिता ‘लोयल्टी कप’ २०७२ शनिबारबाट सुरु हुने भएको छ । ८ फागुनसम्म चल्ने प्रतियोगितामा कक्षा सातसम्म अध्ययनरत एन्फाका डाक्टरहरूबाट स्वास्थ्य परीक्षणमा प्रमाणित भएकाहरूले मात्रै समावेश हुने पाउने आयोजकले जानकारी गराएको छ ।

प्रतियोगिताका सबै खेलहरू फिफाका नियम अनुसार नै खेलाउने आयोजकले बताएको छ । नकआउटका आधारमा हुने प्रतियोगिताका सबै खेलहरू आयोजक लोयल्टी एकेडेमीकै खेल मैदानमा हुनेछ । प्रतियोगिताको उद्घाटन एन्फाका उपाध्यक्ष तथा विद्यालय फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले गर्नेछन् । प्रतियोगितामा आयोजकसहित १८ टोलीले सहभागिता जनाउनेछ । प्रतियोगिताको विजेता तथा उपविजेताले सिल्ड, मेडल र ट्रफीद्वारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

यस्तै हरेक खेलमा म्यान अफ दि म्याच हुने र प्रतियोगिताको उत्कृष्ट हुने खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको विद्यालयको संस्थापक अध्यक्ष विजय सम्वाहाम्फेले जानकारी गराए ।

प्रतिक्रिया