इनोभेटिभ र भ्याली पब्लिकको जित

inovative basketball copyकाठमाडौं, २९ माघ । सिनियर पुरुषमा आयोजक इनोभेटिभ स्कुल र गल्र्समा भ्याली पब्लिक स्कुलले शुक्रबार सुरु पाँचौँ इनोभेटिभ अन्तरस्कुल बास्केटबलमा विजयी सुरुआत गरेका छन् । भूपेन्द्र रोक्काले ११ अंकको जोडेपछि इनोभेटिभ स्कुलले रेडियन्ट स्कुललाई ३४–२९ ले पाखा लगायो ।

लिग कम नकआउट आधारमा जारी प्रतियोगिताको पहिलो दिन पुरुषअन्तर्गत अर्को खेलमा भ्याली पब्लिकले ग्रिनल्यान्डलाई २८–२६ ले पराजित ग¥यो । भ्यालीको जितमा विनोद नेपालीले ११ अंक स्कोर गरे । आयोजक इनोभेटिभकै कोर्टमा भएको पुरुषमै ज्ञान निकेतनले एआइए स्कुललाई २१–११ ले पाखा लगायो । ज्ञान निकेतनको जितमा मनिष तामाङले ८ अंक जोडे ।

गल्र्समा भ्याली पब्लिकले रातो बंगला स्कुललाई ३५–१० ले पराजित ग¥यो । भ्यालीको जितमा लक्ष्मी चौधरी र विलम शर्पाले समान १२–१२ अंक जोडे । त्यस्तै गल्र्सकै अर्को खेलमा न्यु भिजन स्कुलले स्वप्सना बाटिका स्कुललाई २३–८ ले पाखा लगायो । भिजनको जितमा लक्ष्मी श्रेष्ठले १८ अंक जोडिन् ।

इनोभेटिभ इंग्लिस स्कुलको आयोजनामा फागुन ६ गतेसम्म चल्ने प्रतियोगितामा सिनियर ब्वाइजमा र सिनियर गल्र्सतर्फ गरी २० टोलीको सहभागिता रहेको छ । सिनियर ब्वाइजमा १२ र गल्र्स ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । ब्वाइजमा इनोभेटिभ र गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् । पाँचौँ संस्करणमा सियिनर ब्वाइजमा आयोजक इनोभेटिभको ए र बि टिम, ओडिसी इन्टरनेसनल स्कुल, ज्ञान निकेतन, रेडन स्कुल, एआइए स्कुल, पुष्पसदन स्कुल, डेनेब स्कुल, न्यु समिट, भ्याली पब्लिक, ग्रिनल्यान्ड र एचएचसिएच स्कुल रहेका छन् । गल्र्समा इनोभेटिभ, डेनेब स्कुल, भ्याली पब्लिक, एचएचसीएच स्कुल, एसभिए स्कुल, रातो बंगला, न्यु भिजन एकेडमी र सिद्धार्थ वनस्थली स्कुलले सहभागिता जनाएका छन् ।

प्रतिक्रिया