सेब र इनोभेटिभ तेस्रो

nawa jiwan cup ma third enovative copyकाठमाडौँ । सामाखुसी बोर्डिङ स्कुल(सेब) र इनोभेटिभ स्कुल चौथो नवजीवन कप अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार तेस्रो भएको छ । सामाखुसीस्थित नवजीवनको कोर्टमा जुनियर ब्वाइजको तेस्रोस्थानको खेलमा सेबले भ्याली पब्लिकलाई २६–२४ ले हरायो । सेबको जितमा रवि शर्माले सर्वाधिक ८ स्कोर गरे ।

सिनियर गल्र्सतर्फ भएको तेस्रोस्थानको खेलमा इनोभेटिभले पृथ्वीलाई ३३–१९ ले पराजित ग¥यो । इनोभेटिभकी ममता गुरुङले सर्वाधिक १७ स्कोर गरिन् । दुवैतर्फको फाइनल खेल शनिबार हुनेछ ।

गल्र्समा निम्सले भ्याली पब्लिकसँग तथा जुनियर ब्वाइजमा गोल्डेनपिकले महामञ्जुश्रीसँग उपाधिका लागि खेल्नेछन् ।

प्रतिक्रिया