पाकिस्तानीले भिसा पाएनन्

गुहावटी, २४ माघ । १२ औँ दक्षिण एसियाली खेलकुदमा सहभागी पाकिस्तानको स्क्वास पुरुष र महिला टोली प्रशिक्षक बिना नै उपस्थित भएको छ । आइतबार पाकिस्तानका शिर्ष बरियताका स्वास खेलाडी नासिर इकवाल नेपालको केशर सिम्हाविरुद्ध भिड्दै गर्दै उनी अर्काै कोटमा भिडिरहेका पाकिस्तानी खेलाडी फहान जामन कस्तो खेलिरहेका छन् भनेर पनि ध्यान दिइरहेका थिए । जमानलाई खुट्टामा समस्या हुँदा उनी नै कोट छोडेर हेर्न पुगे । उनी अफिसियलको भूमिकामा पनि देखुनु प¥यो । पाकिस्तानी पुरुष स्वास टिमका प्रशिक्षक फाहिम बल र महिला टिमकी प्रशिक्षक स्वाटावा बाबरले गुवाहाटी यात्रा गर्नका भिषा नपाएका कारण यो समस्या आएको हो ।

त्यसैगरी, साइक्लिङतर्फ ४० किलोमिटेर व्यक्तिगत टाइम ट्रायलमा पाकिस्तानका राष्ट्रिय कीर्तिमान खेलाडी साविरले सहभागीता जनाएनन् । उनले पनि गुवाहाटी यात्रा गर्नका लागि नन भ्यालिडेट पास (एनभिपी) प्राप्त गरेनन् ।

त्यसैगरी, टबेलटेनिस, ह्यान्डबल, एथलेटिक्स, कुस्ती, कवड्डी, जुडो र हक्की टिमका सदस्यले पनि भारत यात्रा गर्ने अनुमति पाएनन् । यही कारण पाकिस्तानका खेलाडी, अफिसियल र ओलम्पिक कमिटी रुष्ट बनेका छन् । पकिस्तान ओलम्पिक कमिटीका महासचिव मोहम्मद खादिल मोहम्मदले भने, ‘उत्कृष्ट प्रदर्शन गर्न अफिसियल र खेलाडीलेसँगै काम गर्नुपर्छ । खेलाडीले भिषा नपाउनुको कारण मेडल तालिकामा असर पार्न हुन सक्छ । तर जे भएको छ, यो ओलम्पिक चार्टडविरुद्ध छ ।’

साइक्लिङ, भलिबल, ह्यान्डबल र कुस्तीका एकजना पनि अफिसियल गुवाहाटी र सिलोङमा उपस्थित हुन सकेनन् । पाकिस्तान साइक्लिङ फेडेरेसनका महासचिव अलि शाहले भने, ‘साइक्लिङका टप खेलाडी सविरलाई भिषा नदिइएका कारण मेडल नै गयो ।’

भरतीय ओलम्पिक संघका एक उच्च पदाधिकारीले भने, ‘जब पाकिस्तानको टिमको कुरा आउँछ तब कतिपय कुरा हाम्रो मात्र नियन्त्रणमा हुँदैन ।’ गुवाहाटी पुगेका अधिकांश पाकिस्तानी खेलाडी पनि ४० घन्टा यात्राको थकान मेटाउँदै भिड्ने प्रयास गरिरहेका छन् । इस्लामावाददेखि गुवाहाटी यात्रा गर्न उनीहरूले ४० घन्टा तय गर्नुपरेको थियो । पाकिस्तानी टिम दोहा हुँदै कोलकात्ताबाट भारत छिरेको थियो । ‘हामीले इस्लामाबाददेखि गुवाहाटीसम्म ४० घन्टा लगाएर यात्रा ग¥यौँ । दोहामा नौ घन्टाको ट्रान्जिटमा प¥यौँ । अहिलेसम्म खेलाडीमा यात्राको थकान देखिन्छ’, इक्वालले भने ।

स्कुलमा भारतीय खेलाडी
एसियाडमा स्वर्ण विजेता खेलाडीसहित १२ भारतीय खेलाडीलाई डनबस्को स्कुलको कक्षा कोठामा राखिएको विषयले यतिबेला १२ औँ दक्षिण एसियाली खेलकुदलाई तरंगित बनाएको छ । अफिसियल र पुरुष खेलाडीलाई सिटि होटलमा राखेर महिला खेलाडीलाई कक्षा कोठामा राखेको भन्दै विरोध समेत भएको छ । एसियाडनमा स्वर्ण जितेकी एथलेटिक्सकी एमआर पोभ्भाम्मा, प्रियंका पन्वार र अस्विनी अक्कान्जी र सरवानी नन्दालाई डन्बस्को स्कुलमा राखिएको छ ।

प्रतिक्रिया