भ्यालीपब्लिक र इनोभेटिभ सेमिफाइनलमा

basket_ballकाठमाडौं । भ्यालीपब्लिक र इनोभेटिभको गल्स टिम चौंथो नवजिवन कप अन्तर बिद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरका छन् ।

भ्यालीले अन्तिम लिग खेलमा आइतबार इडेनब्रिजलाई ३४–४ को सहज जित निकाल्दा निलम शेर्पाले सर्वाधिक १४ स्कोर गरिन् । ममता गुरुङको उत्कृष्ट प्रदर्शनमा

इनोभेटिभले सिद्धार्थ बनस्थलीलाई २५–१५ ले रोक्यो । इनोभेटिभको जितका लागि ममताले सर्वाधिक १८ स्कोरको योगदान गरिन् । त्यसैगरी, जुनियर ब्वाईजको खेलमा सामाखुसी बोडिङ स्कुल(सेब),गोल्डेनपीक र नवोेदित स्कुल सफलता हात पादै क्वाटर फाईनलमा पुगे । जुनियर ब्वाईजको खेलमा सेबले पृथ्बीलाई २०–१५ ले हराउदा रेन्जिङ गुरुङले १० स्कोरको योगदान दिए ।

गोल्डेनपीकले भद्रकालीमाथी ३१–१५ को सहज जित निकाल्दा वबिन सुनुवार र मिग्मा शेर्पाले समान ८ स्कोरको योगदान दिए । त्यस्तै नवोदितले आयोजक माथी २१–२० को रोमाञ्चक जित निकाल्यो । अर्को तर्फ सिनियर गल्र्समा आयोजक एनईएलाई निम्सले ३८–८ ले पराजित ग-यो । (सौस)

प्रतिक्रिया