जगत मन्दिर विजयी

काठमाडौं । जगत मन्दिरले आठौँ ओडिसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेको छ ।
जगत मन्दिरले निब्सलाई ८–४ ले पराजित ग¥यो । जुनियर ब्वाइजमै एन्जल्स हर्टले मन्जरीलाई २०–१२ तथा डेनेब एकेडेमीले कान्तिपुरलाई ५–२ ले हराए ।

सिनियर गल्र्सको थ्री बाइ थ्रीमा श्रीदिवा, भ्याली पब्लिक र डेनेबले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । (सौस)

प्रतिक्रिया