नेपालको लगातार दोस्रो जीत

cricket_nepal copyकाठमाडौं, १६ माघ । आयरल्यान्डलाई ८ विकेटले हराउँदै नेपाल यू–१९ विश्वकप क्रिकेटको दोस्रो चरणमा पुगेको छ । नेपालले आफ्नो पहिलो खेलमा न्यूजिल्याण्डमाथि ३२ रनको सनसनीपूर्ण जित हात पार्दै सुखद सुुरुवात ग¥यो ।

सन् २०१० र २०१४ बाहेकका हरेक संस्करणको विश्वकप खेल्दै आएको नेपाल क्वार्टरफाइनल पुगेको भने सन् २००० पछि पहिलो पटक हो । त्यसबेला नेपाल आठौं भएको थियो । यू–१९ विश्वकपमा २००६ नेपालका लागि सम्झनयोग्य संस्करण हो, जहाँ नेपाल यूजिल्याण्डलाई १ विकेटले हराएर प्लेट च्याम्पियन बन्यो ।

आफ्नो दोस्र्रो खेलमा शनिबार आयरल्याण्डमाथि ८ विकेटको शानदार जित हात पा¥यो । अर्को खेलमा भारतले न्यूजिल्याण्डलाई १२० रनले पराजित गरेपछि नेपाल समूह चरणको अन्तिम खेल अघि नै दोस्रो चरणमा पुगेको छ ।

नेपाल र भारतको समान ४–४ अंक भएको छ । रन रेटका आधारमा भारत शीर्ष र नेपाल दोस्रो स्थानमा छ । न्यूजिल्याण्ड र आयरल्याण्ड अंकबिहीन छन् र समूह चरणबाटै बाहिरिएका छन् । समूह चरणको अन्तिम खेलमा नेपाल र भारत सोमबार भिड्ने छन् । यो खेलले समूह विजेताको टुंगो लगाउनेछ ।

cricket_nepal2 copyटस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले नेपालसामु १३२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जसलाई नेपालले मात्र २५.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । नेपालको पहिलो विकेट भने खाता नै नखोली गुमाएको थियो । सन्दिप सुनार पहिलो बलमै एलबीडब्लू धरापमा परे । तर, योगेन्द्रसिंह कार्कीले नेपालको पारी सम्हाले । उनले सुनिल धमलासँग ५५ रनको साझेदारी गरे । धमला २८ रन बनाएर दोस्रो विकेटका रुपमा आउट भए । तेस्रो विकेटका लागि कार्कीले उपकप्तान आरिफ शेखसँग अविजित ७७ रनको साझेदारी गरे । कार्की ६१ रनमा अविजित रहे । आरिफ शेख ३१ रनमा नटआउट रहे ।

आयरल्याण्डलाई धरासायी पार्ने क्रममा नेपालका सन्दिप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए । उनले ३२ औं ओभरको अन्तिम तीन बलमा लगातार तीन विकेट लिएका थिए ।

प्रतिक्रिया