प्रधानमन्त्री ओलीद्वारा फुटबल टोली सम्मानित

pm oli samman footballer copyकाठमाडौं, १४ माघ । बंगबन्धु गोल्डकप विजयी गराउने राष्ट्रिय टोलीका सदस्यहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय फुटबल टिमका सदस्यलाई बिहीबार बालुवाटारमा सम्मान गर्दै राष्ट्रिय खेलकुद परिषद्को सिफारिस अनुसार टोलीका सबै सदस्यलाई जनही २–२ लाख रुपैयाँ प्रदान गरिने बताए ।

बंगबन्धु कपमा पाएको सफलताले नेपाली फुटबल टोली जितको लयमा फर्किएको बताउँदै प्रधानमन्त्री ओलीले १२औँ सागमा स्वर्णपदकको आशा गरिएको बताए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले पछिल्लो समय फुटबलमा भएको नकरात्मक सन्देशलाई बंगबन्धुले सफा गरेको बताए । नेपाली टिमले बहराइनको यु–२३ टिमलाई ३–० ले पराजित गर्दै बंगबन्धु कपको उपाधि हात पारेको थियो ।

प्रतिक्रिया