गाँउगाउँमा इन्जिनियर टोली

काभ्रे । भूकम्पको क्षतिको विवरण संकलन गर्न काभ्रेको गाउँगाउँमा इन्जिनियर टोली पुगेको छ । पुनर्निर्माण प्राधिकरण गठन भए सँगै भत्केका संरचनाको पुनर्निर्माण कार्यलाई तीव्रता दिन प्रथम चरणको तथ्यांक संकलनमा टोली पुगेको हो ।

जिल्लाको तथ्यांक अधिकृत दिनेश लम्सालले योभन्दा पहिलेको तथ्यांक पुननिर्माणको लागी पर्याप्त नभएको भन्दै भूकम्प प्रभावित घरहको एकिन विवरण खोज्न टोली खटाइएको बताएका छन् । भत्केका संरचनाको अवलोकन गर्न र तथ्यांक लिन काभ्रेको बालुवापाटी देउपुर, गैरीबिसौना देउपुर, नयाँगाउँ देउपुर, महादेवस्थान, जैसीथोक मन्डन, ज्याम्दी मन्डन, चन्डेनी मन्डन, दोलालघाट, देवीटार, रविओपी, खरेलथोक, पात्लेखेत, पाँचखाल नगरपालिका (साविक होक्सेबजार, साठीघरभगवती, पाँचखाल र देवभुमिबालुवा)लगायतका गाविस र नपामा ४५ जना इन्जिनियरको टोली पठाइएको छ ।

प्रतिक्रिया