वालगृह सेवामूलक र पारदर्शीहुनुपर्छ : प्रजिअ सुवेदी

bal copyकाठमाडौं १४ माघ । जिल्ला बालकल्याण समितिका अध्यक्ष तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले मुलुकभरी सञ्चालनमा रहेका बालगृहहरु पेशा मूलक नभई सेवामुलक हुनुपर्ने बताएका छन । उनले बालगृहहरु सेवाको उद्धेश्यले स्थापना गरिएको हो भने यसको विकास हुन्छ, पेशा या अरु नै उद्धेश्यले खोलिएको हो भने सुध्रिन र सुधार्न गाह्रो हुने बताए ।

सबै बालगृहका कार्यक्रम र बजेट पारदर्शी हुनुपर्ने भन्दै उनले बालगृहको हर हिसावको प्रतिवेदन हरेक महिना काठमाडौंै जिल्ला प्रशासन कार्यालयमा बुझाउन आफुले जिल्ला भित्रका बालगृह सञ्चालकलाई निर्देशन दिइसकेको जानकारी दिए । प्रजिअ सुवेदीले यसबाट बालगृहमा हुनसक्ने संभावित भ्रष्टाचार कम हुने आशा राखिएको बताएका छन् ।

एसओएस बालग्राम नेपालको पहलमा महिला, बालवालिका तथा समाजकल्याण मन्त्रालय तथा केन्द्रीय बालकल्याण समितिले काठमाडौंभित्र रहेका २० वटा आवासिय बालगृहहरुको एकवर्ष अध्ययन गरेर तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै प्रजिअ सुवेदीले धेरै बालगृहहरु मापदण्ड नपु¥याई सञ्चालन भएको भन्दै आपत्ति समेत व्यक्त गरेका छन् । आवासिय बालगृह सञ्चालनको मापदण्ड अनुसार बालअधिकारको संरक्षण गर्दै बालगृहहरु सञ्चालन गर्नुपर्नेमा जोडदिँदै उनले मापदण्डहरु र बालअधिकारको रक्षा गर्दै समाजमा उनीहरुलाई सहि बाटोमा डो¥याउने किमिकको उद्धेश्य राखेर यस्को नजिक पु¥याउने हुनु पर्ने बताए ।

अख्तियार दूरुपयोग अनुसन्धान आयोगबाट डेढ महिना अघि काठमाडौंैको प्रमुख जिल्ला अधिकारी भएर आएका सुवेदीले आफु कार्यालयमा भइन्जेल विहान १० देखि ४ बजे सम्म कुनैपनि सार्वजनिक कार्यक्रममा नगई कार्यालयको काममा दत्तचित्त भएर लाग्ने पनि बताए । यसो गर्दा घरमूलीभएको घरजस्तै आफु मातहतका कर्मचारीले इमान्दार भई कामगर्ने उनको भनाइ रहेको छ ।

संसारको भ्रष्ट मुलुकको रुपमा नेपाललाई चिनिन थालेकोमा दुःख व्यक्तगर्दै प्रजिअ सुवेदीले आफु आवद्ध भएको संस्था, कार्यालयमा आफुबाटै भ्रष्टाचार रोकथामको थालनी गर्नु पर्ने बताएका छन् । कार्यालय समयभर कार्यालयमा र विहान साँझको समयमामात्रै सार्वजनिक कार्यक्रममा सहभागी हुने आफुले नियम बनाएको पनि उनले जानकारी दिएका छन् ।

काठमाडौंै जिल्लामा रहेका दुइसयभन्दा बढी बालगृहमध्ये २० वटाको अध्ययनगरि तयार गरिएको सारांश प्रतिवेदनबाट हाल सञ्चालनमा रहेका बालगृहहरुलाई सुधार्न सघाउने प्रतिवद्वता उनको थियो ।

कार्यक्रममा एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक श्रीशंकर प्रधानाङ्गले एसओएस बालग्राम सञ्चालनमा रहेका १० जिल्लाबाट मेरो हेरविचार गर्नुहोस भन्ने अभियान २ वर्षअघि शुरु गरिएको र यसैलाई आधार मानेर मुलुकभरीका बालगृहहरुको भौतिक तथा सञ्चालनका अवस्था सुधारकालागि बालगृहहरुको अध्ययन गरिएको बताए । हाल मुलुकभरी ५९४ वटा बालग्राम रहेका र त्यहाँ करीव १७ हजार बालवालिकाले आश्रय लिईरहेको उल्लेख गर्दै प्रधानाङ्गले बालगृहमा आश्रीत अपाङ्ग र एचआईभी एड्स संक्रमित बालवालिकाको लागि सरकारले तत्कालै चासोदिनु पर्ने बताएका छन् ।

त्यस अवसरमा बालगृह सञ्चालकहरुको संस्था सिनेट नेपालका अध्यक्ष माधव प्रधानले बालगृहहरुले नेपाल सरकारलाई कर तिरेको हुनाले बालगृहमा आश्रीत बालवालिकाको पढाई र उनीहरुको स्वास्थ्यका विषयमा सरकारले चासो दिनुपर्ने कुरा औंल्याए । कार्यक्रममा वरिष्ठ महिलाविकास अधिकृत अनिता अधिकारी तथा बालअधिकार अधिकृत सुनिता शाहलगायतले प्रतिबेदनका बारेमा आआफ्नो विचार राखेकाथिए ।

प्रतिक्रिया