यू–१९ विश्वकप क्रिकेट

main news photo copyकाठमाडौं । बगंलादेशमा भएको यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले बिहीबार आफ्नो पहिलो खेलमा न्युजिल्यान्डको सामना गर्नेछ । नेपालको समूह ‘डी’मा न्युजिल्याण्डसँगै भारत र आयरल्याण्ड रहेका छन् । यसअघि यही समूहमा रहेको अस्ट्रेलियाले सुरक्षाको कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि आयरल्यान्डलाई समूहमा राखिएको थियो । नेपालले समूहको दोस्रो खेलमा शनिबार आयरल्यान्डसँग खेल्नेछ । नेपालले अन्तिम खेलमा सोमबार भारतको सामना गर्नेछ ।

प्रतियोगिताको अघिल्लो संस्करणमा छनोट हुन नसकेको नेपालले यसपटक दोस्रो चरण पुग्ने लक्ष्य लिएको छ । यू–१९ विश्वकप क्रिकेटमा नेपालको सातौँ सहभागिता हो । सन् २००० मा पहिलोपटक नेपालले यू–१९ को विश्वकप खेलेको थियो ।

नेपालले त्यसयता सन् २००२, २००४, २००६, २००८ र २०१२ मा यू–१९ को विश्वकपमा खेलेको थियो । तर नेपाल सन् २०१० र २०१४ को संस्करणमा भने छनोट हुन सकेको थिएन । तथापि साताँै सहभागीताको यस विश्वकपमा पनि नेपालको समूह चरणमै टेस्ट मान्यता प्राप्त बलिया २ टोली छन् ।

त्यसैले यसपटक पनि नेपालको यात्रा त्यति सहज पक्कै हुने छैन । सन् २००६ मा न्युजिल्यान्डलाई हराएर नेपाल प्लेट च्याम्पियन बनेको थियो । त्यसबाहेक प्रतियोगिताको विभिन्न संस्करणमा गरेर नेपालले टेस्ट मान्यताप्राप्त टोलीहरू दक्षिण अफ्रिका, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश र जिम्बाबेलाई पराजित गर्दै उमेर समूहमा आपूmलाई अब्बल साबित गरिसकेको छ ।

बंगलादेश र इंग्ल्यान्ड विजयी सुरुआत
रुपन्देही क्रिकेट सघंको आयोजनामा भैरहवामा जारी बुम रेमीट्यान्स सुपरलिग क्रिकेट अन्र्तगत मगंलवार सम्पन्न खेलमा शंकरनगर क्रिकेट क्लव शंकरनगर बिजयी भएको छ । भैरहवामा भएको खेलमा जवही क्रिकेट क्लब बेलबासलाई ५ बिकेटले हराउदै शंकर नगर बिजयी भएको हो । सेमीफाइनलमा पुग्न सकंरनगरले अझ एक खेल जित्नु पर्नेछ ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको जवही निर्धारीत ३५ ओभरको खेलमा ३४.४ ओभरमा सवै बिकेट गुमाउदै १ सय ८८ रनमा समेटिएको थियो । जवाफमा शंकरनगरले ३३.३ ओभरमा ५ बिकेटको क्षतिमा १ सय ९१ रन बनाउँदै लक्ष्य पार गरेको थियो । शंकरनगरका लागी विष्णु पाण्डेले ४१, मनिस न्यौपानेले र गोकुल चापागार्इंले समान ३३ रनको योगदान दिए । नितेस थापाले ३ तथा धीर शाही र सुनील कुमारले शंकरनगरको १–१ विकेट लिएका थिए ।

जवहीका लागी बिक्रम थापाले ४५ रन, सरोज पौडेलले ३६ रन र सगंम क्षेत्रीले २७ रन जोडेका थिए । शंकरनगरका विष्णु पाण्डे, केयर सिंह भण्डारी र सानु गुरुनले समान २–२ विकेट लिए । खेलको म्यान अफ दी म्याच शंकरनगरका बिष्णु पाण्डे घोषित भएको रुपन्देही क्रिकेट सघंका अध्यक्ष प्रशान्तविक्रम मल्लले जानकारी दिए ।

प्रतिक्रिया