मिस्टर नेपालमा भित्रिए प्रशान्त

काठमाडौं । ‘मिस्टर नेपाल २०१६’को कोरियोग्राफरका रूपमा नेपालको पहिलो तथा चर्चित कोरियोग्राफर प्रशान्त ताम्राकार भित्रिएका छन् ।

पुरुषहरूको एक मात्र अन्तर्राष्ट्रिय स्तरको यो प्रतियोगितामा ताम्राकार प्रशिक्षकको रूपमा भित्रिएका हुन् । अहिले धमाधम अडिसन भइरहेको प्रतियोगिताको जनकपुर, वीरगञ्ज, चितवन, पोखरा, दोलखा, धादिङ, नुवाकोट, डोटी, अछाम नेपालगञ्जलगायत धेरै जिल्लामा अडिसन सकिएको छ । जसबाट ३२ छानिएको नेपाल राष्ट्रिय मोडलिङ संघका अध्यक्ष समेत रहेको आयोजक एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले जानकारी दिए । उनले प्रतियोगिताको दोस्रो अडिसन काठमाडांैमा सुरु भएको जानकारी गराए ।

‘मिस्टर नेपाल २०१६’को विजेताले ‘मिस्टर वल्र्ड २०१६’मा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् । साथै चलचित्र, म्युजिक भिडियो, व्यावसायिक विज्ञापन चलचित्रलगायतमा अभिनय अवसर प्राप्त गर्नेछन् ।

युवाहरूको प्रतिभालाई प्रोत्साहन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्न सक्ने जिम्मेवार नागरिक बनाउने उद्देश्य प्रतियोगिताको रहेको छ । १६ देखी ३५ ननाघेका युवाहरूको प्रतियोगितामा सहभागिता रहनेछ । अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागी रक क्लाइमिङ, स्वमिङ, फुटबल, सर्ट हाइकिङ, समाज सेवा, पब्लिक स्पिकिङ, क्याटवाक, व्यक्तित्व विकासलगायतका विधाका विशेष प्रशिक्षण दिइनेछ । (सौस)

प्रतिक्रिया