शनिबारबाट साइपाल कप

saipalकाठमाडौं । साइपाल एकेडेमीको आयोजनामा प्रथम साइपाल कप अन्तरविद्यालय यु–१६ छात्र सिक्स ए साइड फुटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ३२ टिमको सहभागिता रहने आयोजक साइपालका प्रिन्सिपल सुमन नगरकोटीले जनाएका छन् । प्रतियोगिताका खेलहरू चावहिलस्थित गणेशथानमा हुने छ । प्रतियोगतामा चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोग रहने प्रतियोगिता संयोजक विनोद क्षेत्रीले जानकारी गराए । नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल अर्को शनिबार हुने छ ।

उद्घाटन खेल आइडियल इङलिस उमावि ‘ए’ पाथिभाराबीच हुने छ । उक्त खेलसहित पहिलो दिन ५ खेल हुने छन् । साइपालले बास्केटबल प्रतियोगिता पनि आयोजना गर्दै आइरहेको छ ।

पत्रकारस गको मैत्रिपूर्ण खेल

यसैबीच, प्रथम साइपाल कप अन्तरविद्यालय यु–१६ छात्र सिक्स ए साइड फुटबल प्रतियोगिताको अवसरमा भएको मैत्रीपूर्ण फुटबलमा आयोजक विजयी भएको छ । साइपाल एकेडेमीको आयोजनामा आयोजक र पत्रकारबीचको मैत्रीपूर्ण फुटबलमा आयोजक ४–१ ले विजयी भएको हो ।

आयोजक पहिलो हाफमा २–१ ले अगाडि रहेको थियो । दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आयोजकले थप २ गोल गरेपछि विजयी भएको थियो । कार्यक्रमका संयोजक विनोद क्षेत्रीले पत्रकार र खेलाडीबीचको मैत्रीपूर्ण खेलले थप सुमधुर सम्बन्ध कायम भएको बताए । (सौस)

प्रतिक्रिया