सुरु भयो ल्होछार पर्व

tamu losarकाठमाडौं, १५ पुस । यसवर्षको ल्होछार पर्व सुरु भएको छ । विशेषगरी आदिवासी समुदायको गुरुङ, तामाङ, सेर्पा समुदायले भव्यरुपमा मनाउँदै आएको ल्होछार पर्व मध्येको तमु ल्होछार बुधबार मनाइएको हो ।

गुरुङ समुदायले मनाउने तमु ल्होछार पर्वसँगै आउने एकमहिना पछि तामाङ समुदायले मनाउने सोनाम ल्होछार यसपछि सेर्पा समुदाय ग्याल्बो ल्होछार मनाउने प्रचलन रहेको छ । यसै शिलशिलामा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका गुरुङ समुदायले टुँडीखेलमा हर्षोल्लासका साथ बुधबार तमु ल्होछार पर्व मनाएका छन् । गुरुङ जातिले पुस १५ गते तमु ल्होछारका रूपमा, तामाङ लगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारका रूपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होछार मनाउने परम्परा छ ।

‘ल्हो’ भन्नाले वर्ष तथा ‘छार’ भन्नाले नयाँ भन्ने बुझाउँछ । हरेक वर्ष ल्होछारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ । सरकारले यो पर्वलाई २०६४ सालदेखि राष्ट्रिय पर्वका रूपमा मान्यता दिई सार्वजनिक बिदासमेत दिने गरेको छ । ल्होछारको अवसरमा काठमाडौं उपत्यकाका बिभिन्न स्थानबाट परम्परागत झाँकी र बाजागाजासहित ¥याली निकालिएको थियो । ¥याली नगरका बिभिन्न स्थान परीक्रमा गर्दै टुँडिखेलमा जम्मा भएको थियो । ¥यालीमा सहभागीहरुले जातीय पहिचान झल्किने पोशाक लगाएका थिए ।

प्रतिक्रिया