खेल-खेलाडी

साइपाल फाइनलमा

सौर्य अनलाइन २०७२ पुष १४ गते १४:५८ मा प्रकाशित

saipal final ideal footballकाठमाडौं । साइपाल एकेडेमीको ‘ए’ र ‘बी’ दुवै टिम प्रथम आइडियल कप अन्तरकलेज सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेको छ ।

चाबहिलको गणेशस्थानमा भएको पहिलो सेमिफाइनलमा साइपाल ‘बी’ ले पेन्टागन इन्टरनेसनल कलेजलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गरे । साइपालका विश्वास परियार, उनम बुढाथोकी, सुजन खड्का र अतित ठकुरीले गोल गरे । पेन्टागनका अनील शाही, राजन तामाङ र विकास तामाङले गोल गरे ।

आइडियल इंग्लिस उमाविद्वारा आयोजित प्रतियोगिताको अर्को सेमिफाइनलमा साइपाल ‘ए’ ले विट्स एकेडेमीलाई २–० गोलले हरायो । साइपालका सुनील वाइबाले गरे । अर्को गोल आत्माघाती रह्यो । फाइनल मंगलबार हुनेछ । विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । (सौस)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय