नेपाली व्यवसायी सुब्बा श्रीलंकामा पुरस्कृत

subbaकाठमाडौं, ९ पुस । श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेनाले मुलुकको ‘इन्जिनियरिङ प्रोडक्ट’ अन्तर्गत स्टील र काठबाट निर्मित सामग्री निर्यातमा उच्च योगदान पु¥याएका नेपाली व्यवसायी दीर्घजंग सुब्बालाई ‘राष्ट्रपतीय निर्यात पुरस्कार’ बाट पुरस्कृत गरेको छ ।

बेलायती सेनाको जागिर छाडेर श्रीलंकामा व्यवसाय गर्दै आएका लिम्बूले श्रीलंका सरकारले निर्यातकर्तालाई दिने सम्मान तथा पहिचानको सर्वश्रेष्ठ पुरस्कार हो । लिस्पो प्रालि प्रबन्धक निर्देशक तथा अध्यक्षसमेत रहेका उनले आफू पुरस्कृत भएपछि व्यवसायप्रति थप जिम्मेवार भएर काम गर्ने अभिभारा थपिएको बताए । उनले टेलिफोन भने, ‘मैले पाएको पुरस्कार निरन्तरता, आत्मविश्वास र तपस्याको मूल्यांकन हो । निर्यात विकास समिति श्रीलंकाद्वारा आयोजित प्रतियोगितामा श्रीलंकाका साना तथा ठूला निर्यात उद्यमीलाई आवाससहित बहुमुखी मापदण्डका आधारमा छनोट गरिएको थियो ।

सिम्ले–६ तेह्रथुमनिवासी उनले नेपालमा समेत व्यापारिक अनुभव र दक्षता प्रयोग गर्दै नेपाली युवाको नेतृत्व गरी उनीहरूलाई व्यावसायिक बनाउने योजना बताए ।

प्रतिक्रिया