मल्पीले दोहोरो सफलता

काठमाडौं । मल्पीले पाँचौँ अन्तर ए लेभल कलेज बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो सफलता हात पारेको छ । मल्पीले ब्वाइज र गल्र्स दुवैमा विजयी सुरुआत ग¥यो । नयाँ बानेश्वरस्थित आयोजक एसको कोर्टमा भएको उद्घाटन खेलको ब्वाइजमा मल्पीले रातो बंगलालाई ५७–३३ ले पराजित ग¥यो । मल्पीको जितमा अमिन तामाङले १६ अंक योगदान गरे । गल्र्समा डोली तामाङको २१ अंक सहयोगमा मल्पीले एसलाई ५५–४५ ले हरायो ।

ब्वाइजको अन्य खेलमा बुढानीलकण्ठ र ओरियन्टले सफलता पाए । बुढानीलकण्ठले आयोजक एसलाई ३५–३२ ले पन्छायो । विजेताका सयुजले २० स्कोर गरे । ओरियन्टले काष्ठमण्डपमाथि ३०–२२ को जित निकाल्यो । ओरियन्टका दीपेश तामुले ११ अंक जोडे ।

८ दिने प्रतियोगिताको ब्वाइजमा १० र गल्र्समा ६ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक आशिष केसीले जनाएका छन् । (सौस)

प्रतिक्रिया