आशादीपद्वारा निःशुल्क अंग्रेजी शिक्षण

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–११, मण्डिखाटारमा आशादीप सेवा संस्थाले विभिन्न कारण अध्ययन छाड्न बाध्य गृहिणीहरूका लागि निःशुल्क अंग्रेजी शिक्षण आरम्भ गरेको छ । अंग्रेजी शिक्षण कार्यक्रममा मण्डिखाटार क्षेत्रका २५ गृहिणी महिलाहरू सहभागि रहेको संस्थाले जनाएको छ ।

घरायसी कारणले र अन्य आर्थिक–सामाजिक कारणले अध्ययनका अवसरबाट वञ्चित दिदी–वहिनीहरूलाई निःशुल्क अंग्रेजी शिक्षण गराई उनीहरूको आत्मविश्वास र क्षमता वृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आरम्भ गरिएको संस्थाका संस्थापक प्रा. डा. मीनासिंह खड्काले जानकारी दिएका छन् । खड्काका अनुसार विभिन्न क्याम्पसमा अध्यापन गराउने अनुभवी प्राध्यापकहरूले त्यहाँ निःशुल्क अध्यापन गराइ रहेका छन् । ‘हाम्रो नेपाल हामी बनाउँछौं’ भन्ने मूल नारा सहित स्थापित आशादीपले सबै नेपालीलाई सक्षम बनाउने, सक्षमता भएकालाई उचित बाटो देखाउने काम गर्दै आएको डा. खड्काले बताइन् । (सौस)

 

प्रतिक्रिया