खेल-खेलाडी

जिम्न्यास्टिक टोली कतार जाने

सौर्य अनलाइन २०७२ मंसिर २६ गते १३:०५ मा प्रकाशित

gymnastic team toward qatarकाठमाडौं । जिम्न्यास्टिकको कमन ट्रेनिङ क्याम्पमा सहभागी हुन २ प्रशिक्षक र १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शनिबार कतारको दोहा जाने भएका छन् ।
शिविरमा वरिष्ठ प्रशिक्षकद्वय नीरु दर्शनधारी र सजनी मानन्धर तथा खेलाडी लुमिला मानन्धरले सहभागिता जनाउनेछन् । शिविर डिसेम्बर १३ देखि १७ तारिखसम्म सञ्चालन हुनेछ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट र नेपाल जिम्न्यास्टिक संघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहले एक कार्यक्रमबीच बिदाइ गरे । (सौस)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय