इलोक्ट्रोनिक्स गोदाममा आगलागी

Fire-at-home-cause-of-high-voltage-7काठमाडौं, २३ मंसिर । काठमाडौंको झोंसेस्थित इलेक्ट्रोनिक्स सामानको गोदाममा बुधबार आगलागी हुँदा लाखौंकोको क्षति भएको छ । अहिले नाकाबन्दीको समयमा व्यापक बजारमा विक्रीवितरण भइरहेको इन्डेक्सन चुल्हो राखिएको दुर्गा ट्रेडर्सको गोदाममा आगलागी भएको हो ।

उक्त स्थानमा आगोलाग्दा गोदाम भित्र आगो नियन्त्रणको प्रयासमा गएका सुरक्षा गार्डलाई भने सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको छ । स्थानीय वंशीकृष्ण श्रेष्ठको घरको एउटा फ्लाट भाडामा लिएर दुर्गा ट्रेडर्सका अनुज खतिवडाले त्यहाँ इन्डक्सन चुल्हो लगायतका बिजुलीबाट चल्ने सामान भण्डारण गरेर राखेका थिए । बुधबार करिब दिउँसो २ बजेतिर लागेको आगोले पाँचकोठे फ्लाटमा राखिएका सामान सबै जलेर नष्ट हँदा लाखौँको क्षति भएको अनुमान रहेको छ । आगलागी कसरी भयो भन्ने विषयमा कारण खुल्न नसकेको तथा क्षतिको पूर्ण विवरण संकलनको काम भैरहेको प्रहरीले जनाएको छ ।

आगोलागेको बेला त्यही रहेका सुरक्षा गार्ड कृष्णहरी दाहालले आगलागीको कारण थाहा नभएको बताएका छन् । उनले भने, ‘ आगलागी भएको बेला सदाजस्तै गेटपट्टी ड्युटीमा थिएँ । स्कूले केटाकेटीहरु ‘आगो लाग्यो, आगो लाग्यो’ भनेर चिच्याएको सुनें । एक्कासी कसरी आगो लाग्यो थाहा भएन ।’ उनले जानकारी पाउन साथ आगो नियन्त्रणको लागि प्रयासमा आफु तत्काल माथी चढेर नियण्त्रण गर्न कोशिस गरेको जानकारी दिएका छन् । उनले भने, ‘छिमेकीहरु समेत आएर पानी खन्याउँदै गर्दा दुइवटा काटुन जलिसकेको थियो । नियन्त्रण हुन नसक्ने अवसथा देखेर केही समान बाहिर निकाले पछि पुरै धुँवाले मलाई पु¥यो केही देखिन’ उनलाई नेपाली सेनाको टोलीले उद्धार गरेको थियो । उनले आफुलाई बाँच्ने आशा समेत नरहेकोबेला नेपाली सेनाले बचाएको बताए ।

दाहाल उक्तठाउँमा१४÷१५ बर्ष यता लगातार सुरक्षा गार्डका रुपमा कार्ययत रहेका छन् । उनले भर्खरै मात्र ल्याएको समानको खातिर गर्दै भने,‘जताततै सामानै सामान थियो । अस्तीमात्रै भैरहवाबाट दुई ट्रक सामान ल्याएर राखिएको थियो । त्यही समान जोगाउने प्रयास गर्दा मेरो ज्यान जोखिममा प¥यो तर धन्न जोगिएँ ’उनले आगो लाग्नेबेला वत्ति समेत नभएको भन्दै आगलागी कसरी भएको भन्ने थाहा नभएको बताए । ‘दिउँसो ३ बजे मात्रै वत्ति आउने पालो हो । कसरी आगो लाग्यो थाहै भएन ।’ उनले भने ।

प्रतिक्रिया