किरात खेलकुद संघको सम्मान

kirat rai sammanकाठमाडौं । किरात राई खेलकुद संघले शनिबार नेपाली खेलकुदका ३ व्यक्तित्वलाई सम्मान गरेको छ । सम्मानित हुनेमा तेक्वान्दो मास्टर राष्ट्र राई, तेक्वान्दोकै राजेश राई र नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई हुन् । तेक्वान्दो मास्टर राष्ट्र युके एनआरएनका उपाध्यक्ष हुन् । साथै उनी सगरमाथा युके तेक्वान्दो डोजाङका संस्थापक तथा प्रमुख हुन् ।

बेलायतमा रहेका राजेश पनि तेक्वान्दो पृष्ठभूमिका हुन् । उनी हलिउड कलाकार पनि हुन् । यसैगरी थुप्रै चलचित्र निर्माण गरिसकेका राजकुमार चलचित्र निर्माता संघको अध्यक्ष पनि हुन् । उनी सितेरियो करातेका पूर्व खेलाडी हुन् । सम्मानित व्यक्तित्वलाई प्रमुख अतिथि किरात राई यायोख्खाकी प्रमुख यसोदा राईलगायतले सम्मान गरे । (सौस)

प्रतिक्रिया