थाइल्यान्डमा रुजेशलाई रजत

काठमाडौं, ११ मंसिर । थाइल्यान्डको बैंककमा जारी सातौँ विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपालका रुजेश शाहीले शुक्रबार रजत पदक जितेका छन् ।

रुजेशले प्रतिस्पर्धा गरेको पुरुषको ५५ केजी तौलसमूहमा ९ राष्ट्रका खेलाडीले सहभागिता जनाएको नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका महासचिव दिनेश राजभण्डारीले जनाएका छन् । त्यसमा भारत पहिलो र चीन तेस्रो भयो ।
नेपाली शारीरिक सुगठनको इतिहासमा यो अहिलैसम्मकै ठूलो उपलब्धि हो । यसअघि भारतमा भएको दोस्रो संस्करणमा श्याम श्रेष्ठले कास्य जितेका थिए ।

प्रतिक्रिया