जुनियर फुटबल टोली बैकंक प्रस्थान

jurior toli_bidaiकाठमाडौं १० मसिंर । थाइल्याण्डको राजधानी बैकंकमा हुने यू­­-१३ स्कूल फुटबल फेस्टिबलमा सहभागी हुन जाने टोलीलाई बिहीबार एक कार्यक्रमका बीच बिदाई गरिएको छ । नयाँबानेश्वरमा रहेको जुनियर फुटबल एकेडमि (जेएफए) फुटबल फेस्टिबलमा सहभागीता जनाउन त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

आगामी २७ नोभेम्बरदेखि २ डीसेम्बरसम्म हुने उक्त प्रतियोगिताका लागि जेएफएका २३ सदस्यको टोली बैकंक प्रस्थान गर्नेछन् । खेलाडीहरुमा कप्तानमा सन्जय खत्री, इसान कडेँल, सम्बर्स क्षेत्री, सुदिन महर्जन, सुशांक पौडेल, नृपेश बहादुर शाह, दिक्ष्यान्त भट्ट क्षेत्री, सुएस पौडेल, इभानरत्न तुलाधार, प्र्रसंग फ्युयाल, हेनिज लिम्बू, जिनीक्रिपा लिम्बु र निश्चल श्रेष्ठ छन् ।

त्यस्तै अबिनभ श्रेष्ठ, विकल्प कुँवर र गोलरक्षकमा कृतज्ञ केसी छन् । टोलीमा प्रशिक्षक प्रज्वल प्रताप क्षेत्री, व्यवस्थापकद्वय बिक्रम महर्जन र नबीन महर्जन, अफिसियलद्वय बिराटजङ्ग ऐडी र दिपान्कर भट्ट क्षेत्री, फिजियो निसान सुब्बा तथा फोटो पत्रकार कबिर महर्जन छन् । टोली शुक्रबार बैकंक प्रस्थान गर्ने छन् ।
बिहीबार आयोजित एक कार्यक्रममा टोलीलाई काब्य स्कूलका निर्देशक रिजन खड्का, जिएएका निर्देशक नवाङनिमा लामा र जुनियर फुटबल एकेडेमीका अलिजा रन्जित लगायतले बिदाई गरे । एसियाका करिब १० राष्ट्र«का विद्यालयको सहभागिता रहने फेस्टिबल विद्यालयस्तर फुटबलको लागि निकै उत्कृष्ट फुटबल फेस्टिबलको रुपमा चिनिन्छ ।

जुनियर फुटबल एकेडमी जूनिस्तरमा बालबालिकालाई प्रशिक्षण गराउने उत्कृष्ट एकेडमिको रुपमा स्थापित एकेडेमी हो । पछिल्लो समय यू्—१३ भन्दा मूनिका जूनियर लेभल फुटबलर उत्पादन गर्दै आइरहेको छ ।

प्रतिक्रिया