विद्यालयमा बेथिति नै बेथिति

काभ्रे, १६ कात्तिक । केही समययता क्षितिज इङ्गलीस बोर्डिङ स्कुलमा अभिभावकहरुले असूरक्षा महसुस गर्न थालेका छन् । काभ्रे गाविसका पानी ट्याङकी निवासी एक विद्यार्थी दुर्घटनामा परेकी थिइन् । चप्पल एकातिर विद्यार्थी अर्कोतिर भएपछि अभिभावकहरुमा रुवाबासी चलेको थियो । सो घटनामा स्कुलको लापरबाही र गैर जिम्मेवारी देखिएको थियो ।

जनकल्याण माविमा किर्ते
जनककल्याण माविमा किर्ते विद्यार्थी सङख्या देखाएर जागीर खानेको गरिएको छ । जहाँ हाजिरी पुस्तिकामा एक सय ३७ विद्यार्थी देखाईएको छ भने शिक्षकहरु तेह्र जना रहेका छन् । तर, स्थानीयका अनुसार जम्मा विद्यार्थी सङख्या ९३ जाना रहेको छ । विद्यार्थीको अनुपातमा शिक्षक संख्या धेरै भएपछि उनीहरु घामताप्ने, चौरमा वसेर बदम खाने गर्दै दिनहरु कटाउने गरेको बताइन्छ ।

समता स्कुलमा कडा सजाय
नेपालमा सबैभन्दा सुलभ र सस्तो रुपमा परिचित हुँदै आएको समता स्कुल बनेपामा विद्यार्थीहरुलाई शारीरिक रुपमा कडा सजाँए दिइदै आएको खुलासा भएको छ । शारीरिक रुपमा पाएको सँजायकै कारणले विद्यार्थीहरु घरमा झस्कने बर्बराउने समस्या देखिएकोले यस्तो रहस्य खुलेको हो ।

सरस्वती माविमा स्वास्थमा खेलवाड
पाँचखालमा रहेको सरस्वती आवासिय मावि पाँचखालले विद्यार्थीको स्वास्थमाथि गम्भीर खेलवाड गरेको छ । निकै पुराना गाडीहरुको प्रयोग गर्दै विद्यार्थीसँग भाडा असुल्दै आएको छ भने उकालोमा विद्यार्थीलाई ओराल्दै आएपछि सरस्वती स्कुलले विद्यार्थीको स्वास्थमा चरम खेलवाड गरेको खुलेको हो । यस्तै स्कुलको खानेपानी पनि सफा नभएको र जस्ताको टहरोको तातोले बेला बेलामा विद्यार्थीहरु बेहोससमेत हुँदै आएको एक अभिभावकले बताए ।

प्रतिक्रिया