रुपन्देही, १६ कार्तिक । बजारमा महंगीले डाडै काट्न लाग्यो, पेट्रोलियम पदार्थको अभाव कायमै छ । तर, यही मौका छोपी नजिकको भारतीय बजारमा गई रातारात मालामाल बन्ने पनि उत्तिकै छन् ।
एकातिर पर्याप्त इन्धन नहुँदा गन्तव्यमा पुग्न नसकेर सर्वसाधारणले सरकारप्रति आक्रोस पोखिरहेका छन् भने अर्कोतिर बजार अनुगमन नहुँदा कालोबजारीया बढेको तर्फ कसैले ध्यान पु¥याएका छैनन् । जिल्ला सदरमुकाम भैरहवादेखि करिब बाह्र–पन्ध्र किलोमिटरको दूरिमा पर्ने भारतीय बजार नौतनवाबाट जब रातपर्छ तब यहाँका कालोबजारीया त्यहाँ पुग्छन् । त्यसपछि ड्रमका ड्रम र मोटरसाइकलको ट्यांकी फुलगरी पेट्रोलियम पदार्थ नेपाल भित्र्याउँछन् । त्यसपछि मान्छे अनुसार दुई सयबाट रेट सुरु भई तीनसयसम्म विक्री गरिन्छ । ‘कालो बजारी यहाँ बढी भएको छ, कुनै निकायले अनुगमन गर्दैनन्’ सर्वसाधारण अनिल अर्यालले भने ।
अहिले यतिसम्म भैरहेको छ कि बजारका प्रत्येक गल्ली–गल्ली, चोक–चोकमा पेट्रोलियम पदार्थ पाइन्छ । तर, त्यो इन्धन शुद्ध नभई कार्वन तेल, जीवनजल, मट्टितेल मात्रै मिसाएर सर्वसाधारणलाई विक्री गरिएको छ । तर, विडम्बना सर्वसाधारण त्यही तेल भए पनि प्रयोग गर्न बाध्य छन् । यस्तो हुँदासम्म पनि नियमन निकाय मौन हुनु कहाँसम्मको लाचारीपन हो ? सर्व साधारणको प्रश्न छ । कतिपयले यतिखेर नौतनवाबाट पेट्रोलियम पदार्थ भैरहवा भित्र्याई राजधानी काठमाडौं पु¥याई पाँच सयसम्म विक्री गर्ने गरेको पाइएको छ ।
प्रतिक्रिया