बाल मन्दिर निमाविलाई आर्थिक सहयोग

Bal-Mandir-Lai-Sahayog(1)काठमाडौं, ११ साउन । धुलिखेलस्थित बाल मन्दिर निम्न माध्यामिक विद्यालयलाई भौतिक संरचनाको पुनःनिर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

दीपश्री क्रिएटिभ मिडियाका संस्थापक अध्यक्ष तथा संरक्षक दीपाकुमारी कँडेलको सहकार्यमा जापानी नागरिक जुन्को किदोले उपलब्ध गराएको सहयोग रकम १ लाख ६४ हजार रुपैया आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष नारायण सापकोटा र दीपश्री क्रिएटिभ मिडियाका निर्देशक दीपक लामिछानेले संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक राजेन्द्र शाहलाई हस्तान्तरण गरेका हुन् । सौर्य

प्रतिक्रिया