बोल्ट ट्रयाकमा फर्कंदै

usain_bolt_getty2जमैका । चोटग्रस्त स्टार स्प्रिन्टर युसेन बोल्ट चाँडै नै ट्रयाकमा फर्कने भएका छन् । दुई पटकका एक सय र दुई सय मिटरका ओलम्पिक च्याम्पियन यो वर्ष नै चोटसँग संघर्ष गरिरहेका छन् ।
२४ देखि २६ जुलाइमा हुने एनभर्सरी खेलमा भने सहभागी हुने भएका छन् । यो सत्रमा पाँचपटक मात्र कुदेका बोल्टले गत अप्रिलमा एक सय मिटर १०.१२ सेकेन्डमा कुदेका थिए । यो नै उनको यो वर्षको उत्कृष्ट रेस हो ।
जस्टिन ग्याटलिन, असफव पावेल र टाइसन गेले योभन्दा छिटो समयमा कुदिसकेका छन् । ग्याटलिनले सबैभन्दा छिटो ९.८४ सेकेन्डमा रेस पूरा गरे ।
बोल्टले खेल जीवनमा एक सय र दुई सय मिटरमा विश्व कीर्तिमान राखेका छन् भने आठ पटक विश्व च्याम्पियनसिपमा पहिलो भएका छन् । उनले लन्डनमा सहित ६ ओलम्पिक स्वर्ण जितेका छन् ।
‘लन्डनको ओलम्पिक रंगशालामा सन् २०१२ को ओलम्पिकमा दौडिदाकोे रोमाञ्चक अनुभव अभै सम्झिन्छु ।
गत ग्रान्डप्रिक्सको अनुभव पनि मेरा लागि सुनौलो हो ।’ बोल्टले भने । ‘बेलायतका समर्थक साच्चै महान छन् तर म त्यहाँ केही जमैकाका समर्थक पनि भएको हेर्न चाहन्छु ।’
उनले चोटका कारण पेरिस र लाउसेनमा भएको रेसबाट नाम फिर्ता लिएका थिए । उनले जमैकाको राष्ट्रिय टाइम ट्रायलमा पनि सहभागिता जनाएनन् ।
उनले अगस्टमा चीनमा हुने विश्व च्याम्पियनसिपसम्ममा आपूमा सुधार गर्ने अपेक्षा गरिएको छ । उनी एक सय र दुई सय मिटरको विश्व च्याम्पियनसिपका लागि छनोट भइसकेका छन् । (एजेन्सी)

प्रतिक्रिया