कर्णमाथि भ्रष्टाचारका आरोपै आरोप

Ranjeet-Karna

कर्णले मेडिकल माफियासँग रकम लिएको, महाधिवेशन गर्न भनी उठाएको चन्दा रकम र भूकम्पपीडितलाई उठाएको राहतमा पनि भ्रष्टाचार गरेको कुरा विद्यार्थीले पत्रकार सम्मेलन गरी जनाएका छन् । नेपाल इन्जिनियरिङ कलेज नेविसंघ इकाइका सचिव अशेष श्रेष्ठले जारी गरेको विज्ञप्तिमा कर्णको कर्तुतको भण्डाफोर गरिएको छ । ‘डा. गोविन्द केसीको अनशन रोक्न मेडिकल माफियाबाट पैसा खाएर माफियालाई सहयोग भयो, विद्यार्थी आन्दोलनका नाममा पोखरा विश्वविद्यालयमा क्याम्पस सम्बन्धनसँग जोडर मोटो रकम चलखेल गरी विश्वविद्यालयको शैक्षिक कार्यतालिका नै एक वर्षभन्दा बढी पछाडि धकेल्ने काममा कर्णको हात छ’, विज्ञप्तिमा उल्लेख छ, ‘निजी शैक्षिक संस्था, स्वास्थ्य सेवा, व्यापारिक संस्थाहरूमा चिठी काटेर नै चन्दा संकलन गरी भ्रष्टाचार भएको छ ।’

प्रतिक्रिया