चार हजार थान राजनीगन्धा बरामद

Rajnigadh_Pan masala_ziperपर्सा, २२ असार । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेका टोलीले वीरगन्ज बाइपास सडकखण्डको ब्रह्मटोलबाट चार हजार ४०० थान रजनीगन्धा बरामद गरेको छ ।

बाराको मटिअर्वा नाकाबाट अवैधरूपमा भित्र्याएको रजनीगन्धा बा२४प ४३०७ नम्बरको मोटरसाइकलमा लोड गरी वीरगन्ज ल्याउन लागेकोे पूर्वसूचनाका आधारमा कारबाही गर्दा एक लाखभन्दा बढी मूल्य बराबरको रजनीगन्धा बरामद गरिएको प्रहरी निरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनले बरामद गरिएको रजनीगन्धा र मोटरसाइकल आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने तयारी भइरहेको बताए ।

राजनीगन्ध नियन्त्रणमा लिने बेला प्रहरीलाई छली कारोबारी फरार भएको प्रहरीले जनाएको छ ।

वीरगन्जमा प्रहरीले गुट्खाको अवैध कारोबारलाई निस्तेज पार्ने अभियान नै चलाएपछि कारोबारीहरू बाराको नाकाबाट गुट्खा नेपाल भित्र्याउन थालेका छन् ।

प्रतिक्रिया