प्रजातन्त्र

खै
किन हो थाहा छैन
निरन्तर टोलाइरहेँ
त्यसैबेला
बज्रपात भयोजस्तो लाग्यो
त्यो पातलो काठको अचानामाथि
बडेमान धारिलो खुकुरीको
अनि अचानो रुनकराउन थाल्यो
तर, उसको पुकार खै कसले सुन्ने रे ?
यहाँ त खुकुरीभन्दा भेटिन्नन्
सबै मुकदर्शक छन्
रमिता मात्र हेर्ने ।


सधैँभरि सोच्नेगर्थे
अनि
सुनौलो भविष्यको त्यो
अदृष्य कल्पनामा रम्ने गर्थें
गरिबै भए पनि बाँच्ने प्रयत्नमा थिएँ
मनभरि आशाका तुनाहरू बुनेर
एकदिन म पनि माथि उठ्नेछु भनेर
तर
त्यो दिन अभै कति टाढा छ कुन्नि
गन्तब्यमा पुग्न नपाई ढल्ने पो हो कि ?
कतै म
काटिएको चंगाजस्तै
रुखबाट झरेको पातजस्तै
अनि डोरी चुँढिएर नदीमा बगेको नाउजस्तै
बेसाहारा त हुने होइन
मलाई विश्वास छ त्यो कदापि हुने छैन ।

हो
मैले देखेकी थिएँ
पूmल्दै गरेका निला शिरीषहरूमा अनि
झुल्दै गरेको धानका बालाहरूमा
प्रजातन्त्रको त्यो न्यानो आकृति
सुनेकी थिएँ पुकारी रहेको प्रजातन्त्रलाई
ती कलिला ओठहरूले
कठै ! थाहा छ
मेरी बूढी आमा सेतै फुलेका कपालहरूमा
प्रजातन्त्रको तुना बुनिरहेकी थिइन्
सायद त्यसैले होला,
म विश्वस्त छु
पिँजडामा थुनिएको चरा चाँडै
त्यो निलो खुल्ला आकाशमा उडिरहको हुनेछ
हो एकदिन प्रजातन्त्र साँच्चै नै आउनेछ ।
– कक्षा–९, शारदा एकेडमी, कपन
(यो कविता ५० प्रतिस्पर्धी सहभागी ‘प्रथम समाजको आवाज’ कविता प्रतियोगितामा प्रथम भएको थियो) ।

प्रतिक्रिया